You are viewing the translated version of विद्युतीय अभिलेखको प्रयोग.

Section 17
विद्युतीय अभिलेखको प्रयोग
(१) कार्यालय, दफा ७ बमोजिमका सरकारी निकाय वा सार्वजनिक संस्था, प्रदेश र स्थानीय तहले सङ्कलन गरेको तथ्याङ्कलाई विद्युतीय अभिलेखमा राख्ने व्यवस्था मिलाउनु पर्नेछ।
(२) दफा ८ बमोजिम अनुमति लिई कुनै सरकारी निकाय वा संस्थाले सङ्कलन गरेको तथ्याङ्कलाई विद्युतीय अभिलेखमा राख सकिनेछ।
(३) उपदफा (१) वा (२) बमोजिम राखिएको अभिलेखलाई प्रचलित कानून बमोजिम राखिएको अभिलेखसँग तोकिए बमोजिम आबद्ध गराउन सकिनेछ।
(४) उपदफा (३) बमोजिम आबद्ध गराइएको अभिलेखको प्रयोग र आधिकारिकता सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।